ओली सरकारले तरुण नेताहरु माथि देखाएको निकृष्ट प्रवृत्तिको नेपाल तरुण दलद्धारा घोर निन्दा 

  |   प्रकाशित :

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले रामेछापको नामाडीमा भएको घटनालाई लिएर गम्भीर ध्यान आकर्षण भएको जनाएका छन् । आज बिहान प्रेस विज्ञप्ती गर्दै अध्यक्ष बस्नेतले रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीको घटना प्रती ध्यान आकर्षण भएको जनाएका हुन् । 

प्रेस विज्ञप्ती उनले ‘प्रस्तुत विषयमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीको घटनाको वास्तविकतालाई पन्छाएर राजनीतिक पुर्वाग्रह साधेर नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का “दिनेश” लगाएतका तरुण नेता साथीहरु विरुद्ध नेकपाको भ्रष्ट एवं अधिनाएकवादी ओली सरकारको सत्ता र शक्तिको आडमा केही छुद्र एवं दलिल भावनाले प्रेरित भएका प्रहरी प्रशासनका व्यक्तिहरु संगको मिलेमतोमा षड्यन्त्र तथा कपटपूर्ण ढंगबाट ज्यान मार्ने मुद्धा दर्ता गरिएको प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यान आकर्षण भएको छ । 

लोकतन्त्र र कानुनी शासन प्रति प्रतिवद्ध तरुण नेताहरु माथि वर्तमान ओली सरकारले देखाएको निकृष्ट, दलिल एवं जनविरोधी प्रवृत्तिको नेपाल तरुण दल केन्द्रिय समिति घोर निन्दा र भत्र्सना गर्दछ । शान्तिपूर्ण ढंगबाट जनताको सेवामा अहोरात्र लागिरहेका नेपाल तरुण दल रामेछापका अध्यक्ष लगाएतका तरुण साथीहरु माथि लगाईएको जालझेल र कपटपूर्ण झुठा मुद्धा अविलम्ब फिर्ता लिन दल जोड्दार माग गर्दछ । कानुनी राज्यको उपहास गर्दै राजनीतिक प्रतिशोध राखी अन्यायपूर्ण ढंगबाट सत्ता र शक्तिको आडमा लगाईएको झुठा मुद्धा तत्काल फिर्ता लिएर जनतालाई शान्तिपूर्ण बाँच्न पाउने संवैधानिक अधिकारको ग्यारेन्टी गर्न दल वर्तमान कम्युनिष्ट भ्रष्ट ओली सरकार र यसका कुख्यात मतियारहरुलाई चेतावनी दिन चाहन्छ । 

हाम्रो धैर्यतालाई वेवास्ता गरी राज्य आतंक मच्याउँदै भ्रष्ट र अपराधीहरुको संरक्षणमा मात्र लागिरहेको वर्तमान सरकार देश र जनता प्रति जिम्मेवार हाम्रा तरुण साथीहरु प्रति गिद्धेनजर लगाई दुःख दिईनै रहन्छ भने त्यसको विरुद्ध आन्दोलनको आँधीबेहरी सिर्जना गर्न दल बाध्य हुने र त्यसबाट उत्पन्न विषम परिस्थितिको जिम्मेवार सरकार आफै हुनुपर्ने चेतावनी पनि यसै विज्ञप्ती मार्फत दिन चाहन्छौ । जय नेपाल ।’ भनेका छन् ।

No description available.

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech