Logo

आइतवार, माघ ११ गते २०७७

चीनले भुटानको भूमिमा अचानक दावी गरेपछि दक्षिण एसियामा तरंग !

चीनले भुटानको भूमिमा अचानक दावी गरेपछि दक्षिण एसियामा तरंग !

नेपालपाना मंसिर ११ २०७७
  • 274
    SHARES
  • चीनले भुटानको भूमिमा अचानक दावी गरेपछि दक्षिण एसियामा तरंग !

    चीनले भुटानको भूमिमा अचानक दावी गरेपछि दक्षिण एसियामा तरंग पैदा भएको छ।

    यो कदमलाई धेरैले भुटानमा दादागिरी देखाएर भारतलाई चिढ्याउने रणनीति चीनले लिएको रुपमा अर्थ्याएका छन्। भुटानको पूर्वी भागमा पर्ने साक्टेङ्ग वन्यजन्तु संरक्षित क्षेत्रमा चीनले दावी गरेको हो।\

    यसबाट बेइजिङले ७ लाख ५० हजार जनसंख्या तथा बहुमत बुद्धिष्टको देशलाई भारतको क्षेत्रीय लडाईमा तान्न खोजेको भुटानी विश्लेषकहरुको बुझाई छ। बेइजिङको यो आश्चर्यजनक कदम जून महिनामा भएको भर्चुअल संरक्षण बैठकमा आएको हो।

    भुटानमा करिब ७४० वर्ग किलोमिटर फैलिएको साक्टेङ्ग वन्यजन्तु संरक्षित क्षेत्रलाई पहिलो पटक दावी गरेको थियो। बैठकमा भुटान सरकारले पार्कमा रहेका प्रोजेक्टहरूको लागि सहयोगको अनुरोध गर्योए। ग्लोबल इन्भाइरोमेन्टल फेसिलिटेसन, युएस-आधारित समूहले इको-मैत्री परियोजनाहरुलाई वित्तीय सहयोग दिनका लागि यो बैठक भएको थियो।

    तर बैठकमा चिनियाँ प्रतिनिधिहरूले साक्टेङ्ग संरक्षित क्षेत्र विवादमा रहेको रहेको भन्दै त्यहाँ पैसा नदिन अडान लिए। यद्यपि बैठकमा भुटानले उक्त दावीलाई अस्वीकार गरेको थियो। चीनले अघिल्ला २४ पटक भएका सीमा वार्तामा यहाँ विवाद छ कहिल्यै भनेको थिएन। भुटानकै मानेको थियो। तर यस वर्षको सुरूवातमा कोभिड महामारीका कारण भएको २५ औ भर्चुअल बैठकमा भने दावी गरेर भुटानमात्रै होइन सबैलाई आश्चर्यमा पारेको छ।

    जुलाईमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले चीन र भुटान बीचको सीमा क्लियर नभएको, तोकिएको छैन भनेका थिए। साथै सीमाको मध्य, पूर्वी र पश्चिमी भागमा विवाद देखिएको उल्लेख गरेका थिए। उनले पूर्वी भाग भनेर साक्टेङ्गलाई संकेत गरेका थिए। भुटानका इतिहासकार कर्मा फुन्शोले साक्टेङ्ग राष्ट्रिय निकुञ्ज कहिल्यै पनि विवादास्पद क्षेत्र नरहेको बताए।

    ‘यो सँधै भुटानीको नियन्त्रणमा थियो। यस क्षेत्रको चीनसँग कुनै सम्बन्ध रहेको प्रमाण छैन,’ उनले भनेका छन्। यो दावी भुटानलाई चिढाउने चिनियाँ प्रयास हुन सक्छ। किनकि अन्य क्षेत्रमा पनि सीमा विवाद छ। भुटानका सञ्चारमाध्यमले भने भुटानलाई दादागिरी देखाएर भारतलाई दबाब दिने रणनीति भएको टिप्पणी लेखेका छन्।

    ‘सबै आधिकारिक चिनियाँ नक्शाले साक्टेङ्गलाई भुटानको भागको रूपमा देखाउँदछ। २०१४ मा पनि चीनले आफ्नो सबैभन्दा महत्वाकांक्षी नक्शाको साथमा भारतको अरुणाचल प्रदेशलगायत विशाल क्षेत्रीय दावीसहित बाहिर आयो। तर त्यस नक्शामा पनि साक्टेङ्ग पार्कलाई भुटानको अंशका रूपमा देखाइएको थियो,’ साप्ताहिक पत्रिका भुटानका सम्पादक तेन्जिङ्ग लमसाङ्गले भने। यसअघि चीनले भुटानको दोक्लाममा एकतर्फी रुपमा सडक बनाएपछि भारतले प्रतिवाद गरेको थियो।

    मंसिर ११, २०७७ बिहिवार १४:५७:२४ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana