Logo

आइतवार, माघ ११ गते २०७७

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जना ठहरै, दुईको अवस्था गम्भीर

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जना ठहरै, दुईको अवस्था गम्भीर

नेपालपाना मंसिर १२ २०७७
  • 163
    SHARES
  • गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जना ठहरै, दुईको अवस्था गम्भीर

    गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

    इश्मा गाउँपालिका-४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छट भने दुई जना गम्भीर घाइते भएका हुन्। 

    मृत्यु हुनेमा इश्मा-४ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए। 

    दुर्घटनामा घाइते भएका सरस्वती दर्लामी र फर्सु थापाको अवस्था गम्भीर रहेकोले उद्धार गरेर जिल्ला अस्पतालतर्फ पठाएको घटनास्थलबाट स्थानीय रामबहादुर कार्कीले बताए। 

    बिहान ७ः२० बजेतिर ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। 

    मंसिर १२, २०७७ शुक्रवार १०:२५:३७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana