Logo

मंगलवार, माघ ६ गते २०७७

प्रचण्डद्वारा भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार, देखाए राष्ट्रवादी छवि !

प्रचण्डद्वारा भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार, देखाए राष्ट्रवादी छवि !

नेपालपाना मंसिर १२ २०७७
  • 4.3K
    SHARES
  • प्रचण्डद्वारा भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार, देखाए राष्ट्रवादी छवि !

    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबर्द्धन श्रीङ्गलासँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट्न अस्वीकार गरेका छन् ।

    नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएका भारतीय विदेश सचिव श्रीङ्गलाले प्रचण्डसँग भेट्न खोजेका थिए । तर, प्रचण्डले लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद समाधान हुनुपर्ने माग राखेर श्रीङ्गलासँग भेट्न अस्वीकार गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले लिपुलेकका विषयमा भारतसँग जोडदार आवाज उठाउन नसकेका बेला प्रचण्डले भारतलाई सिधै टक्कर दिएका छन् । प्रचण्डले राष्ट्रियताको विषयमा भारतीय विदेश सचिव श्रीङ्गलासँग अडान राखेका छन् ।

    श्रीङ्गलाले भारतीय राजदूतावास र परराष्ट्र मन्त्रालयमार्फत प्रचण्डको समय लिन खोजेका थिए ।

    मंसिर १२, २०७७ शुक्रवार १२:२३:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana