Logo

आइतवार, माघ ११ गते २०७७

नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुदृढ हुँदै, चार खम्बामा जोड दिउँः भारतीय विदेशसचिव श्रृंगला

नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुदृढ हुँदै, चार खम्बामा जोड दिउँः भारतीय विदेशसचिव श्रृंगला

Nepal Pana मंसिर १२ २०७७
  • 258
    SHARES
  • नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुदृढ हुँदै, चार खम्बामा जोड दिउँः भारतीय विदेशसचिव श्रृंगला

    काठमाडौं ।  भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुदृढ हुँदै गएको बताएका छन् ।

    एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंरै सोल्टी होटलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुदृढ हुँदै गएको बताएका हुन् । 

    साथै, श्रृंगलाले नेपाल र भारतबीचको सम्बन्धका चारवटा खम्बाको रुपमा निश्चित क्षेत्रहरुलाई औल्याएका छन्। ती क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने उनको धारणा छ। उनले विकास सहायता, अझ मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार र आर्थिक परियोजनाहरु नेपाल र भारत सम्बन्धका चार खम्बा भएको बताएका हुन्।

    उनले भारतले नेपालमा आफ्ना कार्यक्रमहरु चयन गर्दा नेपालको प्राथमिकताका आधारमा काम गर्ने स्पष्ट पारेका छन्। प्रधानमन्त्री मोदीको ६ वर्षपहिले प्रधानमन्त्रीको रुपमा भएको पहिलो नेपाल भ्रमणपछि नेपाल भारतबीच बिभिन्न तहका बैठक र संयन्त्रहरु नियमित र थप क्रियाशिल भएको उनले बताए।

    नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्ध र आपसी हितलाई मध्यनजर गरेर द्विपक्षीय सहायता तथा सहकार्यलाई अघि बढाइने भारतीय विदेशसचिव श्रृंगलाले बताए। उनले नेपाल र भारत दुवै देशका नयाँ पुस्ताको आकांक्षा अनुसार डिजिटल टेक्नोलोजीमा पछिल्ला वर्षमा विकासलाई आत्मसात् गर्दै दुई पक्षीय सहकार्यलाई विकास गर्दै लैजानुपर्ने उनको धारणा थियो।

    मंसिर १२, २०७७ शुक्रवार १३:२२:५६ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana