एजेन्सी । रुसी खोप स्पुतनीक भीको अन्तिम नतिजा डिसेम्बरमा आउने भएको छ ।
रुसी कोरोना खोप उत्पादन कम्पनी कोरोना विरुद्वको खोप निर्माण गर्ने पहिलो कम्पनी बनेको छ । यसले आफ्नो अन्तीम मानविय परिक्षणको नतिजा मध्य डिसेम्बरसम्ममा सार्वजनिक गर्ने भएको छ ।
परिक्षण ६० वर्ष भन्दा माथी अमेरको मानिसमा गरिएको छ । यसको नतिजालाई सक्दो छिटो सार्वजनिक गर्ने विषय वैज्ञानिकहरुले जनाएका छन् । परिक्षणको क्रममा रहेको ६० वर्षीय बृद्वहरुमा नतिजा प्रभावकारी भए उक्त खोपलाई तुरुन्तै बचारमा ल्याउन सक्ने भएको बुझिएको छ ।
स्पुतनीक भी गत अगस्त ११ मा आधिकारिक कोरोना विरुद्वको खोपको दर्जा पाएको थियो । स्पुतनीक भीले कोरोना विरुद्व लड्न निकै प्रभावकारी भनिएको छ ।