Logo

आइतवार, माघ ११ गते २०७७

जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना, ४ जनाको मृत्यु

जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना, ४ जनाको मृत्यु

मंसिर १३ २०७७
  • 190
    SHARES
  • जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना, ४ जनाको मृत्यु

    जाजरकोट। जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना भएको छ । 

    आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।

    दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उनले जानकारी दिए । जीप चालक फरार रहेको प्रहरीले बताएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् ।

    मंसिर १३, २०७७ शनिवार ०९:५३:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana