Logo

आइतवार, माघ ११ गते २०७७

नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दै, ओलीको राजनीतिक प्रतिवेदन पेश हुने

नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दै, ओलीको राजनीतिक प्रतिवेदन पेश हुने

नेपालपाना मंसिर १३ २०७७
  • 719
    SHARES
  • नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दै, ओलीको राजनीतिक प्रतिवेदन पेश हुने

    काठमाडौं। नेकपाको सचिवालय बैठक आज १ बजे बस्ने भएको छ । 

    मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः आज शनिबार १ बजे बालुवाटारमा बस्दैछ । आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुनेछ ।

    यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तर्फबाट बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सबै तयारी भएको छ । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्नुहुँदै पार्टीको आगामी कार्यदिशाबारे समेत त्यसमा विषय समेट्नु हुनेछ ।

    मंसिर १३, २०७७ शनिवार १२:४१:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana