Logo

बिहिवार, माघ १५ गते २०७७

घुस लिएको आरोपमा इन्जिनियर जैसवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

घुस लिएको आरोपमा इन्जिनियर जैसवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपालपाना मंसिर १३ २०७७
  • 222
    SHARES
  • घुस लिएको आरोपमा इन्जिनियर जैसवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं । इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

    शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

    आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले दिएको जानकारी अनुसार अनुसन्धानको क्रममा जैसवालले निर्माणाधिन सो प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

    मंसिर १३, २०७७ शनिवार १३:१३:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana