Logo

बिहिवार, माघ १५ गते २०७७

ओली र प्रचण्ड मिल्नुको विकल्प छैनः मुख्यमन्त्री पोखरेल

ओली र प्रचण्ड मिल्नुको विकल्प छैनः मुख्यमन्त्री पोखरेल

नेपालपाना मंसिर १३ २०७७
  • 625
    SHARES
  • ओली र प्रचण्ड मिल्नुको विकल्प छैनः मुख्यमन्त्री पोखरेल

    काठमाडौँ। मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका अध्यक्षद्यहरु मिल्नुको विकल्प नभएको बताएका छन्। 

    स्थायी कमिटी सदस्य समेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष केपी ओली मिल्नुको विकल्प नभएको बताएका हुन्। 

    सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले अब विवाद लम्बाउन नहुने दुई अध्यक्ष मिलेर समस्या समाधान गर्नुपर्ने पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकिकृत प्रतिवेदन बनाउनुपर्ने बताएका छन्।

    उनले ‘म फेरि पनि भन्छु, पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस्।’ लेखेका छन् । नेता पोखरेलले प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन अनुरोध पनि गरेका छन्। 

    मंसिर १३, २०७७ शनिवार १३:२९:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana