Logo

बिहिवार, माघ १५ गते २०७७

‘सरकार नै भ्रष्टाचारमा डुबेकाले भ्रष्टाचारीलाई कारबाही भएन’

‘सरकार नै भ्रष्टाचारमा डुबेकाले भ्रष्टाचारीलाई कारबाही भएन’

नेपालपाना मंसिर १३ २०७७
  • 581
    SHARES
  • ‘सरकार नै भ्रष्टाचारमा डुबेकाले भ्रष्टाचारीलाई कारबाही भएन’

    बुटवल । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नेकपा भित्रको आन्तरिक विवादलाई लिएर गम्भिर आरोप लगाएका छन् ।

    शनिबार बुटवलमा पत्रकारहरुसँगको साक्षात्कारमा नेता शाहले भ्रष्टाचारमा भागबण्डा नमिल्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्पन्न भएको बताएका हुन् ।  

    सैद्धान्तिक र राजनीतिक नभएर भ्रष्टाचारमा एकलौटी हुँदा विवाद उत्पन्न भएको र भ्रष्टाचार र सत्तारुढ दलभित्रको झगडाले देश बर्बाद हुने स्थितिमा पुगेको उनले बताए । उनले थप्दै भने ‘सरकार नै भ्रष्टाचारमा डुबेकाले भ्रष्टाचारीलाई कारबाही भएन ।’

    ‘सरकारले सबै खरिद प्रक्रियामा भ्रष्टाचार गरेको छ,’ शाहले भने, ‘कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री किन्दा भ्रष्टाचार भएको छ, वाइड बडी हवाईजहाज किन्दा भ्रष्टाचार भएको छ, सेक्युरिटी प्रेस किन्न खोज्दा भ्रष्टाचार भएको छ ।’

    मंसिर १३, २०७७ शनिवार १४:३५:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana