Logo

बिहिवार, माघ १५ गते २०७७

इरानका वैज्ञानिक फक्रिजादेहको हत्या, कस्ले गर्यो ?

इरानका वैज्ञानिक फक्रिजादेहको हत्या, कस्ले गर्यो ?

नेपालपाना मंसिर १३ २०७७
  • 244
    SHARES
  • इरानका वैज्ञानिक फक्रिजादेहको हत्या, कस्ले गर्यो ?

    एजेन्सी। इरानका आणविक हतियार सम्बन्धी वैज्ञानिक मोहसिन फक्रिजादेहको तेहरान नजिकैको अबसर्ड शहरको सडकमा हत्या भएको छ ।

    फक्रिजादेहको हत्याबारे सँसारको ध्यानाकर्षण भएको छ । हिजो उनलाई बन्दुकधारीले आक्रमण गरेपछि बडिगार्डले बचाउन खोजेपनि सकेनन् । अस्पतालमा उनी मृत घोषित भए । मोहसिनको हत्याको बदला लिने भन्दै इरानी अधिकारीहरुबाट कडा चेतावनी आइसकेको छ । 

    इरानी राष्ट्रपति हसन रुहानीले इजरायललाई हत्याको आरोप लगाए । उनले मोहसिनको हत्याले आणविक कार्यक्रम सुस्त नहुने बताए । उनको अभिव्यक्तिको इजरायलले कुनै प्रतिक्रिया दिएको छैन । इरानका विदेशमन्त्री जाभद जरिफले हत्यामा इजरायको संलग्नताको प्रमाण रहेको दाबी गरेका छन् ।

    ६३ वर्षीय वैज्ञानिकलाई पश्चिमा देशहरुले इरानको आणविक कार्यक्रमको मुख्य व्यक्तिका रुपमा चिन्दथे । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनको नामै किटेर इरानको आणविक महत्वाकांक्षाका बारेमा सन् २०१८ मा बोलेका थिए । मोहसिनको हत्यालगत्तै मध्यपूर्वमा तनाव बढेको छ । इरानले यसको बदला लिने बताएबाट हिंसा बढ्नसक्ने बताइएको छ ।

    मंसिर १३, २०७७ शनिवार १६:००:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana