Logo

मंगलवार, माघ ६ गते २०७७

राखेपद्धारा १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक

राखेपद्धारा १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक

नेपालपाना मंसिर १४ २०७७
  • 392
    SHARES
  • राखेपद्धारा १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक

    काठमाडौं । आइतबार राष्ट्रिय खेलकुद परिषदले पत्रकार सम्मेलन गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ ।  

    राखेपका सदस्य सचिव रमेस सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक खर्च विवरणअनुसार साग खेलकुद तर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको छ ।

    यस्तै निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख गरिएको छ । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक स्वर्ण जितेको थियो । जसमा नेपालले ५१ स्वर्ण पदक, ६० रजत र ९६ कास्य पदक गरि कुल २०७ पदक जितेको थियो ।

    मंसिर १४, २०७७ आइतवार १४:१०:०१ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana