Logo

सोमवार, माघ १२ गते २०७७

राजतन्त्रको पक्षमा सुर्खेतमा प्रदर्शन

राजतन्त्रको पक्षमा सुर्खेतमा प्रदर्शन

नेपालपाना मंसिर १८ २०७७
  • 273
    SHARES
  • राजतन्त्रको पक्षमा सुर्खेतमा प्रदर्शन

    सुर्खेत । वीरेन्द्रनगरमा बिहीबार राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको छ ।

    पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड बोकेर हिन्दु राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति सुर्खेत नामक ब्यानरमा भएको प्रदर्शनका सहभागीले प्रदर्शन गरेका हुन् । 

    वीरेन्द्रनगरको कालिनचौकबाट सुरु मोटरसाइकल र्‍याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा पनि लगाएका थिए । 

    मंसिर १८, २०७७ बिहिवार १५:०४:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देश

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana