Logo

सोमवार, माघ १२ गते २०७७

संघीय सरकारविरुद्ध अर्को रिट निवेदन लिएर सर्वोच्च पुगे मन्त्री सोनल 

संघीय सरकारविरुद्ध अर्को रिट निवेदन लिएर सर्वोच्च पुगे मन्त्री सोनल 

नेपालपाना मंसिर १८ २०७७
  • 257
    SHARES
  • संघीय सरकारविरुद्ध अर्को रिट निवेदन लिएर सर्वोच्च पुगे मन्त्री सोनल 

    काठमाडौं । प्रदेश २ सरकार फेरि अर्को रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ ।

    संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

    संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ गते गरेको परिपत्र रसमृद्ध तराई मधेस सिञ्चाई विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको ठहर छ । 

    उनीहरुको रिटमा मंसिर २६ गते पेशी तोकिएको छ ।  प्रदेश २ सरकारले यसअघि पनि स‌ंघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरिसकेको छ ।

    मंसिर १८, २०७७ बिहिवार १५:३१:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देश

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana