Logo

सोमवार, माघ १२ गते २०७७

राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

नेपालपाना मंसिर १८ २०७७
  • 400
    SHARES
  • राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरिएको छ । 

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका हुन् । 
     
    ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नेहरुमा नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओ रहेका छन् ।

    समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवका साथै दुवै निकायका वरिष्ठ अधिकारीको उपस्थिति थियो।

    मंसिर १८, २०७७ बिहिवार १६:५४:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देश

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana