Logo

सोमवार, माघ १२ गते २०७७

'ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्छ'

'ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्छ'

नेपालपाना मंसिर १८ २०७७
  • 265
    SHARES
  • 'ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्छ'

    काठमाडौं । नेकपाका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् । 

    पार्टीभित्रको समस्याको निकास दिन ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने उनले बताएका हुन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारे । 

    पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उनको भनाई थियो । “ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,” पौडेलले भने । 

    पौडेलले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताए । “पार्टी फुटाउनु हूँदैन, एक बनाउनैपर्छ,” उनले भने । पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाई छ । 

    मंसिर १८, २०७७ बिहिवार १७:४७:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana