Logo

सोमवार, माघ १२ गते २०७७

काँग्रेस नेता धनराज गुरुङ्ले भने: टुक्के ओलीको अब दिनगन्ती सुरु भयो !

काँग्रेस नेता धनराज गुरुङ्ले भने: टुक्के ओलीको अब दिनगन्ती सुरु भयो !

Nepal Pana मंसिर १८ २०७७
  • 397
    SHARES
  • काँग्रेस नेता धनराज गुरुङ्ले भने: टुक्के ओलीको अब दिनगन्ती सुरु भयो !

    १८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता धनराज गुरुगंले राजतन्त्रको बिरोधमा सडकमा नारा लगाउँदा बयलगाढ़ा  चढेर अमेरिका पुग्न नसक्ने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती शुरु भएको चेतावनी  दिएका छन् ।

    बुधवार तनहुँको एक पुल उत्घाटन समारोहमा पुगेका नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेललाइ प्रधानमत्री केपी ओलीको निर्देशनमा प्रहरीले आफ्नो नियन्त्रणमा लिएपछि नेता गुरुङले ओली सरकारको उक्त्त कदमप्रति आफ्नो ट्वीटर मार्फ़त् बिरोध गरेका छन्।  नेता गुरुङले ट्वीट गर्दै भनेका छन्, ‘लोकतन्त्रका लागि अनवरत लड्नु भएका श्रद्धेय नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर आज गणतन्त्रका महाराजले निरङ्कुश शासकको परिचय दियो।’

    उनले आक्रोशित हुँदै थपे, ‘हामी श्रीपेच सहितको राजाको बिरुद्ध सडकमा लडिरहेको बेलामा बयलगाडाको कथा सुनाएर बस्ने श्रीपेच रहितको महाराजको अब दिन गन्ती सुरु भयो।’ बरिष्ठ नेता पौडेललाई तीन घण्टाभन्दा बढी पुल उद्घाटनलाई रोक्न प्रशसनले थुनेर अपरान्ह छाडेको थियो । नेता पौडेललाई नियन्त्रणमा लिएको घटनाको सर्बत्र बिरोध भईरहेको छ । उक्त पुल बिहीबार आज उद्घाटन गर्ने कार्यक्रम छ ।

    उनको ट्वीटमा लेखेका छन् :  लोकतन्त्रका लागि अनवरत लड्नु भएका श्रद्धेय नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर आज गणतन्त्रका महाराजले निरङ्कुश शासकको परिचय दियो। हामी श्रीपेच सहितको राजाको बिरुद्ध सडकमा लडिरहेको बेलामा बयलगाडाको कथा सुनाएर बस्ने श्रीपेच रहितको महाराजको अब दिन गन्ती सुरु भयो।

    dhanraj.png

     

    मंसिर १८, २०७७ बिहिवार २०:३७:०३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana