काठमाडौं। नेपाली काँग्रेस सरकारविरुद्ध आक्रामक बन्ने भएको छ ।
सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुन सभापति शेरबहादुर देउवामाथि दबाब बढेको छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार पुल उद्घाटन गर्न रोकेर प्रहरीले नियन्त्रणमा लिएको घटनाले तरंग ल्याएको हो ।
देउवाले तनहुँ घटनाका अलावा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक डाकेका छन् । बैठकले समग्र देशको राजनीतिक र काँग्रेसको भावी रणनीतिबारे छलफल गर्ने बुझिएको छ ।
प्रतिपक्षी भएर सत्तापक्षमाथि सधै आक्रामक बन्नुपर्नेमा काँग्रेस झन् रक्षात्मक बनेको अवस्था छ । अब देउवामाथि काँग्रेस सरकारविरुद्ध आक्रामक बन्ने दबाब बढेको छ ।