Logo

मंगलवार, माघ ६ गते २०७७

चिनीयाँ ह्याकरहरुद्धारा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक

चिनीयाँ ह्याकरहरुद्धारा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक

नेपालपाना मंसिर १९ २०७७
  • 637
    SHARES
  • चिनीयाँ ह्याकरहरुद्धारा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक

    जनकपुरधाम । चिनीयाँ ह्याकरहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक गरेका छन् । 

    देशका सात वटै प्रदेश मध्ये प्रदेश २ का मुख्यमन्त्री राउतले फरक तथटा राम्रो काम गरिरहेको बेला चिनीयाँ ह्याकरहरुले मुख्यमन्त्री राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक पेज ह्याक गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको हो । 

    मुख्यमन्त्री सचिवालयका एक नेताले भने ‘शुक्रबार बिहान ९ बजेतिर मुख्यमन्त्री राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक पेज एकसाथै एकाएकी ह्याक भयो ।’ यी दुबै पेज ह्याक गरी कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको छ । प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ । 

    मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको जनाएको छ । 

    मंसिर १९, २०७७ शुक्रवार ११:५१:४६ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana