काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादमा भारतसँग औपचारिक संवादको ढोका खुलेको बताएका छन् ।
भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणसँगै औपचारिक संवादको ढोका खुलेको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका हुन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताए ।
साथै, उनले विदेश सचिवको भ्रमण तीन कारणले महत्वपूर्ण भएको बताए । उनले भने ‘पहिलो, नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक संवादको ढोका खुल्यो । दोस्रो, सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको छ र दुवै देश संवादबाटै समधान खोज्न तयार भएको छ ।’
उनका अनुसार नेपाल र भारतका परराष्ट्र सचिव संयन्त्रको बैठक निकट भविष्यमा बस्नेछ र यसमा सीमा समस्यालाई जुन गम्भीरताका साथ उठाउनुपर्ने हो, नेपालले उठाउनेछ ।