काठमाडौं । हुम्लामा एक किलोमिटर नेपालभित्र पसेर भवन बनाएर नेपाली भूमि कब्जा गर्ने उत्तरी छिमेकी चीनको नेपाल सरकारले फेरि बचाउ गरेको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा चीनसँग कुनै सीमा विवाद नरहेको र भूमि पनि नमिचेको दावी गर्दै बचाउ गरेका हुन्। उल्टै मन्त्री ज्ञवालीले चीनले नेपाली भूमि मिच्यो भनेर अतिरञ्जित प्रचार भएको पनि जिकिर गरे।
बैठकमा नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले भारतसँग चीनसँगको सीमा विवाद पनि संवेदनशील भएको बताएका थिए। उनले चीनसँग भएको विवाद सल्टाउनुपर्ने भन्दा कम्युनिस्ट सरकारका मन्त्री ज्ञवालीले चीनसँग सीमा विवाद नै नभएको भनेर बचाउ गरे। जबकी हुम्लामा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही आफै स्थलगत निरीक्षणमा गएर मिचिएको तथ्य प्रमाण नै सार्वजनिक गरेका थिए।
तर चीनको आर्शिवादमा चलिरहेको सरकार नापजाच गरेर क्लियर गर्नुको सट्टा चीनको बचाउमा लागेको छ। यस्तो चालाले एक किलोमिटरभिको भूभाग गुम्ने निश्चित छ। मन्त्री ज्ञवालीले उल्टै चीन बनाएको संरचना सीमाभन्दा एक मिलोमिटर टाढा पाइएको उल्लेख गरेका छन्