सप्तरी (फत्तेपुर) । देशमा थप १२ सय ७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशमा थप १२ सय ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।
त्यस्तै, आज १५ सय ७५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म २ लाख २१ हजार ८४७ जना डिस्चार्ज भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ पुगेको छ ।