२०८३, भाद्र १५ गते

सोमवार, भाद्र १५ गते २०८३

कांग्रेसका उपनेता शाहद्वारा बाढी-पहिरो उद्धारमा खटिएको सेनाको प्रशंसा

कांग्रेसका उपनेता शाहद्वारा बाढी-पहिरो उद्धारमा खटिएको सेनाको प्रशंसा

आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा उपनेता अभिषेक प्रताप शाहले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिएको नेपाली सेनाको प्रशंसा गरेका छन्।

    रसुवासहित देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले जनजीवन प्रभावित भइरहेका बेला आइतबार जारी प्रेस विज्ञप्तिमार्फत शाहले विपद्को समयमा नागरिकको उद्धार, राहत वितरण र सुरक्षित स्थानान्तरणमा सेनाले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गरेका हुन्।

    उनले विशेषगरी जोखिमपूर्ण र दुर्गम क्षेत्रमा आफ्नो ज्यानको समेत पर्वाह नगरी उद्धारमा खटिएका सैनिक जवान तथा अधिकृतको योगदान प्रशंसनीय रहेको बताएका छन्। विपद्का बेला राज्य र नागरिकबीचको भरोसा बलियो बनाउन सुरक्षाकर्मीको मानवीय सेवाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

    शाहले नेपाली सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा अन्य उद्धारकर्मीलाई पनि धन्यवाद दिएका छन्।

    विपद्का बेला उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच थप समन्वय र सहकार्य आवश्यक रहेको शाहले बताएका छन्। प्रभावित नागरिकको जीवन रक्षा र राहतलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन्।

    मानवीय सेवामा देखाउनुभएको नेपाली सेनाको समर्पण सबैका लागि प्रेरणाको विषय बनेको छ, शाहले विज्ञप्तिमा भनेका छन्।

    कपिलवस्तु–३ बाट प्रतिनिधिसभा सदस्य रहेका शाहले विज्ञप्तिको अन्त्यमा नेपाली सेनाका सम्पूर्ण उद्धारकर्मीप्रति धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दै ‘जय नेपाल’ र ‘जय पशुपतिनाथ’ उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित खबर
    ताजा अपडेट