शनिवार, कार्तिक ८ गते २०८३
काठमांडौ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमण र राष्ट्रवादसम्बन्धी अभिव्यक्तिलाई लिएर आलोचनात्मक टिप्पणी गरेका छन् ।
बाँस्कोटाले वाग्ले भारत पुग्दा नेपाल राष्ट्रविरुद्ध अभिव्यक्ति दिने गरेको आरोप लगाउँदै नेपाली राष्ट्रवादलाई भारतविरोधसँग मात्र जोडेर हेर्ने भाष्य अब सान्दर्भिक नरहेको भन्ने तर्कमाथि प्रश्न उठाएका छन् ।
उनका अनुसार राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी विषयलाई राजनीतिक, कूटनीतिक तथा ऐतिहासिक सन्दर्भमा बुझ्न आवश्यक छ ।
राष्ट्रवादबारेको बहसलाई केवल भारतको विरोध वा समर्थनमा सीमित गर्नु उचित नहुने उनको भनाइको आशय छ ।
बास्कोटाले फेसबुकमा लेखेका छन्:-
'अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्र विरुद्द छाद्छन।नेपाली राष्वाद भनेको भारतको विरोध हो -त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रबाद र राष्ट्रिय हित सम्बन्धि राजनीतिक, कूटनीतिक, ऐतिहासिक रुपपा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो।'