२०८३, श्रावण १६ गते

शनिवार, श्रावण १६ गते २०८३

बालेनमाथि हर्क साम्पाङको कडा प्रहार: साहस छ भने लिपुलेकमा गएर लड्नुस् !

बालेनमाथि हर्क साम्पाङको कडा प्रहार: साहस छ भने लिपुलेकमा गएर लड्नुस् !

शनिवार, बैशाख १९ २०८३
शनिवार, बैशाख १९ २०८३
  • काठमाडौँ । प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) माथि पुनः गम्भीर आरोप लगाउँदै कडा प्रहार गरेका छन् ।

    पछिल्लो समय सामाजिक सञ्जालमा साम्पाङले बालेनलाई देशको सीमा मिचिएको संवेदनशील विषयमा मौन बसेको भन्दै आक्रोश पोखेका हुन् ।

    सांसद साम्पाङले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, 'बालेन जी... यदि तपाईँमा हिम्मत छ भने लिपुलेकमा हाम्रो सीमा मिच्नेहरूसँग गएर लड्नुस्। मलाई थाहा छ तपाईँ सक्नुहुन्न। तपाईँ एउटा कायर हो ।' साम्पाङले बालेन संकटका बेला पछि हट्ने र गम्भीर राष्ट्रिय मुद्दाहरूमा सडकमा आउन नसक्ने आरोप समेत लगाएका छन् ।

    यसअघि पनि साम्पाङले बालेनलाई 'संकटका बेला लुक्ने नेता' भन्दै टिप्पणी गरेका थिए। काठमाडौँमा सुकुम्वासी बस्तीमा डोजर चलाईएपछी दुईजनाले आत्महत्या गरेका छन् र हाल सुकुम्वासीहरु आन्दोलनरत्त रहेको बेला सांसद र प्रधानमन्त्रीको यो विवादले सामाजिक सञ्जालमा नयाँ बहस सिर्जना गरेको छ। साम्पाङको यस कडा टिप्पणीप्रति बालेन शाहको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित खबर
    ताजा अपडेट