शनिवार, श्रावण १६ गते २०८३
काठमाडौं । उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्माका भाइ नागरिकता कीर्ते गरेर भारतीय प्रशासनिक सेवा (आईएएस) को अफिसर भएको खुलेको छ ।
नेपालको वशंजको नागरिक रहेका आनन्द शर्मा आईएएस मधुवनी विहारको अफिसर भएका हुन् । भारतको कानुनले भारतीय वशंज नागरिक बाहेकलाई सरकारी सेवामा प्रवेश दिँदैन । कसैले उजुरी गरेमा उनी पदमुक्त हुनेमात्र होइन जेल नै जानसक्ने भारतीय सेवाका अधिकारी बताउँछन् । यसैगरी शर्माले नेपालको नागरिकता समेत त्यागेको सरकारी रेकर्डमा देखिँदैन । उनीविरुद्ध उजुरी परेमा रास्वपा सभापति रबि लामिछानेजस्तै नागरिकता रद्ध हुनसक्छ ।
स्थानीय प्रशासनकाअनुसार आनन्द शर्मा कपिलवस्तुको कृष्णनगर नगरपालिका २ निवासी देवकी नन्दन शर्माका छोरा हुन् । उनको घर जग्गा जमिन सबै परिवार यही छ । उनले पठनपाठन पनि नेपालमै गरेका हुन् । ‘बाबुको नागरिकता पनि नेपाली छ । भारतमा आइएस बन्न नपाउने हो ।
तर, कुन तरिकाले कसरी जानुभयो आइएसमा अचम्ममा परेका छौं,’ स्थानीय एक अगुवा भन्छन्, ‘सबै घरजग्गा नेपालीको नाममा छ । कुन आधारमा कसरी आईएएस अधिकारी हुनुभयो । कुन नागरिकता देखाएर उपल्लो तहमा जागिर खानुभयो, भारतीय बाहेक आईएएसमा इन्ट्री नै छैन । कुन आधारमा गएको छ भन्ने कुरा गम्भीर छ ।’ शर्माको परिवारका सदस्य भने यो विषयमा बोल्न मानेनन् ।