२०८३, श्रावण १६ गते

शनिवार, श्रावण १६ गते २०८३

मोदीसँग एक घण्टा संवादपछि रवि: विकास कूटनीतिको नयाँ युग सुरु गरौं

मोदीसँग एक घण्टा संवादपछि रवि: विकास कूटनीतिको नयाँ युग सुरु गरौं

बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • नयाॅदिल्ली । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई फलदायी र सकारात्मक बताएका छन् ।

    भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो उत्पादक संवाद भएको उल्लेख गरेका छन् । उनले नेपाल र भारतले विगतका बाधाहरू पार गर्दै विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    लामिछानेले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमार्फत पारस्परिक विश्वास र प्रगतिमा आधारित साझेदारी निर्माण गर्न सकिने बताएका छन् ।

    साथै, रास्वपा नेपाल र भारतका जनताको साझा समृद्धिका लागि यी सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित खबर
    ताजा अपडेट